जेठ २१, काठमाडौ– बुम रेमिट्यान्स प्रा लिले कृषि विकास बंैक लिमिटेडलाई गत हप्ता आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम कृषि विकास बंैक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । साथै कृषि विकास बंैक लिमिटेडका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । कृषि विकास बंैक लिमिटेडको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।
बुम रेमिट्यान्स प्रा.लिले कृषि विकास बंैक लिमिटेडलाई गत एजेन्ट नियक्त
