जेठ १९, काठमाडौं -माओवादी केन्द्रसँगको समीकरण र लोकतान्त्रिक फोरमसहित साना दलको सहयोगमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुनेमा कांग्रेस विश्वस्त छ । अहिलेको सत्तागठबन्धनसँग स्पष्ट बहुमत भएकाले देउवा सजिलै प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावना छ ।
स्रोतका अनुसार, दोस्रो चरणको स्थानीय निर्वाचनअघि सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको योजना छ । उनी त्यसको आन्तरिक तयारी पनि गरिरहेका छन् ।
सबै मन्त्री अहिले नै बनाउँदा निर्वाचनको मुखमा पार्टीभित्र विवाद देखिनसक्ने भएकाले तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने कांग्रेस स्रोतले बतायो । नयाँ पत्रिका दैनिकमा खबर छ
आगामी २१ जेठमा प्रधानमन्त्रीको निर्वाचन गर्ने संसद् सचिवालयको तयारी तयारी गरेको छ ।