नायिका श्वेता खड्का बुम रेमिटको ब्राण्ड एम्बेसडर

जेष्ठ १८, काठमाडौ–बुम रेमिट्यान्स प्रा. लि. ले गणतन्त्र दिबसको उपलक्ष्यमा नायिका श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेसड्र नियुक्त गरेको छ । श्वेता श्री फाउण्डेसनको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको मॉझी वस्तीमा ५६ वटा घरहरु निर्माण गर्ने सम्बन्धमा सिलन्यास गरिएको कार्यक्रममा नै श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेसड्र घोषणा गरिएको हो ।
अव श्वेता खड्काले दुई वर्ष सम्म बुम रेमिटको ब्राण्ड एम्बेसड्र भई बुम रेमिट्यान्सद्धारा प्रर्वद्घित देश विदेशका कार्यक्रममा समेत उपस्थिती जनाउने छिन । यसैगरि टि. भि विज्ञापन, एफ. एम विज्ञापन, पत्रपत्रिका विज्ञापन, विभिन्न विज्ञापनका सामग्रीहरुमा समेत  देखा पर्ने छिन ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपालका अधिकांस वैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो एजेन्ट बनाएको यस बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो ।