आव २०७४ र ७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास

जेठ १५, काठमाडौं –उपप्रधान एवं अर्थमन्त्री कृृष्णबहादुर महराले संसदमा बजेट पेश गरेका छन ।
गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएकोमा आव २०७४ र ७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास भएको छ ।

वजेट भाषणका केहि मुख्य अंशहरु

1. सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिइएको छ र त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको छ ।

2. सरकारले पोखरासहित तीन स्थानमा विमानस्थल निर्माणका लागि झण्डै १४ अर्ब बजेट छुट्याएको छ ।

3. पत्रकारको क्षमता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।

4. मदिरा र सुर्तीजन्य पदार्थको भन्सार/राजश्व शुल्क बढाइनेछ ।

5. देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ ।

6.  विभिन्न प्रशारणलाइनका लागि  ६२ अर्ब ४७ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

7.  हुण्डी तथा बिदेशी मुद्राको अपचलन दर नियन्त्रण गरिनेछ ।

8. २० वर्ष पुराना सवारी गुडाउन नपाइने व्यवस्थालाई प्रमुख शहरहरुमा लागू गरिने ।