स्थानीय तहको संख्या बृद्धिको विरोधमा संसद अवरुद्ध

जेठ ११, काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमाले लगायत विपक्षी गठवन्धनले संसद अवरुद्ध गरेको छ । बिहीबार साँझ बोलाइएको दोस्रो बैठक स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै संसद अवरुद्ध गरेको हो ।
पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । राष्ट्रपतिलाई विदा गर्न आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरोध गरेको हो ।
बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । एमालेको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।