जेठ ११ ,काठमाडौं – भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो ।
मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए ।