प्रधानमन्त्री पुष्पकमल दाहालले दिए राजीनामा

जेष्ठ १०,काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राजीनामा दिए । गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन सम्बोधनमा राजीनामा घोषणा गरेका हुन ।
असहज परिस्थितिमा पनि दश महिना राम्रो काम गरि सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे ।
कांग्रेस र मधेस केन्द्रित दलको समर्थनमा प्रधानमन्त्री भएका दाहालले कांग्रेससँगको सहमतिको कारण राजीनामा दिएको  वताए ।