काठमाडौं महानगरपालिकाको मेयरमा एमालेको अग्रता कायमै,किशोर थापाले पनि कटाए १० हजार मत

 

जेठ ९ ,काठमाडौं काठमाडौं महानगरपालिकाको जारी मत गणनामा साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले १० हजार मत कटाएका छन् । अग्रता भने एमालेका विद्या सुन्दर शाक्यको कायमै छ ।

मंगलबार विहानसम्म झण्डै १ लाख १० हजार मत गणना भइसकेको छ । जसमा एमाले उम्मेदवार शाक्यले ३६ हजार ३७० मत पाएका छन् ।
कांग्रेसका राजुराज जोशीले २६ हजार ६०९ मत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् र उनले १३ हजार ४९९ मत पाएकी छन् ।

चौथो स्थानमा रहेका साझा पार्टीका थापाले १० हजार १७४ मत पाएका छन् ।

माओवादीका सर्वोत्तम डंगोलले ३ हजार ९७७ र नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवार पवित्र बज्राचार्यले ३ हजार ३३६ मत पाएका छन् ।