माओवादी हेर्डक्वार्टरबाट प्रधानमन्त्रीको राजीनामा अनुमोदन, सम्भवतः राजीनामा आज

जेठ ९ ,काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ ।

बैठकमा प्रचण्डले कांग्रेससँग भएकमो भद्र सहमतिमा इमान्दारिता देखाउनुपर्ने बताएका थिए । स्थानीय निर्वाचन गराउने, मधेसी दललाई संविधानको दायरामा ल्याउने र निर्वाचनमा सहभागी गराउने मूल उद्देश्यमा सरकार सफल भएको संश्लेषण उनले गरेका थिए ।
यसैबीच, मोर्चामा आबद्ध दलहरुले थप कुनै माग नराखे प्रधानमन्त्री प्रचण्डले मंगलबार पदबाट राजीनामा गर्ने तयारी गरेका छन् ।

मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।