भरतपुर महानगरपालिकाको मेयरमा एमालेको अग्रता

 

जेठ ७ , काठमाडौं –

भरतपुर महानगरपालिकाको मेयरमा  एमालेका उम्मेदवार  देवी ज्ञवालीले माओबादीकी उम्मेदवार रेणु दाहाललाइ पछि पार्दै  एक हजार भन्दा बढी मतअन्तरले अग्रता लिएका छन् ।

ज्ञवालीले १८ हजार एक सय ८५ मत ल्याएका छन् भने कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले १७ हजार एक सय ४४ मत ल्याएर पछ्याइरहेकी छिन् ।