चाँगुनारायणमा विवादपछि नतिजा सार्वजनिकमा रोक

 

काठमाडौ जेठ ६— भक्तपुर चाँगुनारायण नगरपालिका ४ को मत परिणामलाई लिएर बिबाद भएको छ।  मत गणनाको  बेला नेकपा९एमाले०को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमाको मत गणना सार्वजनिक गरिएको छैन।
बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ ।
वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक÷पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ
रासस