नुवाकोटको पञ्चकन्यामा माओवादी विजयी

 

जेठ  ६  , काठमाडौं  —नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङ  विजयी भएका छन् ।

पञ्चकन्या गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार, माओवादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) २ हजार ९ सय ६२ मतका साथ विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका रामेश्वर थापालाई पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका रामेश्व ले थापाले २ हजार ८ सय ५४ मत प्राप्त गरेका थिए।