सिन्धुपाल्चोक त्रिपुरासुन्दरीमा एमाले विजयी

 

जेठ, ६  काठमाडौं   सिन्धुपाल्चोक त्रिपुरासुन्दरीमा नेकपा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्
कांग्रेस उम्मेदवारलाइ पछि पार्दै एमाले प्रमुख र उपप्रमुख  दुवै पदमा विजयी भएको हो ।
गाउँपालिका प्रमुखमा विजयी एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठले २९०५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतध्वज बोहरा २६७५ मै रोकिए ।
उप प्रमुखमा २८४९ मतका साथ एमालेकी दुर्गा नेपाल विजयी भएकी छन् । कांग्रेसकी उपप्रमुख उम्मेदवारलाई २७०७ मतमा रोक्दै उनी जित दर्ता गराउन सफल भएकी हुन्