काठमाडौं महानगर अपडेटः एमालेको अग्रता, विवेकशील तेस्रो स्थानमा

जेठ ४, काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् ।
एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ५८५० मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको ३५२१ मत छ ।

विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत २१५० र साझा पार्टीका किशोर थापाको १६७४ मत पाएका छन् ।

चौथो स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।