सिन्धुलीको तीनपाटनमा विजय जुलुसमा ढुङ्गा प्रहार, ६ जना घाइते

 

जेठ ४,सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति नेकपा एमालेले निकालेको विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ का शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएका छन्।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय र्यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय र्याली निकालिएको थियो । रासस