प्रधानमन्त्रीले जेठ ८ गते राजीनामा दिने

जेठ ४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् ।

प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘(बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने सामान्य तयारी छ,’ उनले भने, ‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ ।’