काठमाडौंमा कांग्रेसभन्दा एमालेको १२ सय बढी मत

जेठ ४, काठमाडौँ – काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६ सय मत पाएका छन् भने जोशीले २३८२ मत ल्याएका छन्।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको मत १४२६ रहेको छ। त्यस्तै साझा पार्टीका किशोर थापाले ७५६ मत पाएका छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४४१ मत पाएका छन्। मतगणना जारी छ।