स्याङ्जाको आँधिखोला र डोल्पाको त्रिपुरा सुन्दरीमा एमाले विजयी

जेठ ३, काठमाडौँ – स्याङजा जिल्लाको आँधिखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार भएका छन् ।

एमालेका तर्फबाट उम्मेदवार बनेका सुधिर पौडेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ । एमालेका ओम बहादुर बुढा नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा पनि एमाले कै चन्द्रा कुमारी बुढा विजयी भएकी छन् ।