रामेछापमा कांग्रेस ५, एमाले ३ र माओवादी १ स्थानमा विजयी (अपडेट)

 

जेठ २, मन्थली – रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकामा मतगणना जारी छ । हालसम्म नेपाली कांग्रेस ५ स्थान, नेकपा एमाले ३ स्थान र नेकपा माओवादी केन्द्र १ स्थानमा विजयी भएका छन् ।

जिल्लाको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
रामेछाप नगरपालिकाको मेयर उम्मेदवार एमालेका रोशन पाख्रीनले ४७९, कांग्रेसका नरबहादुर मगरले ३५८ र माओवादी केन्द्रका शिसिर खड्कीले २३८ मत पाएका छन् ।

यसैगरी उपमेयरमा एमालेकी शान्ता सापकोटाले ४७५, कांग्रेसकी सिर्जना खड्काले ३३८ र माओवादीकी ईन्दिरा बख्रेलले २३६ मत पाएका छन् ।

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष नरबहादुर थापासहित प्यानल बिजयी भएको छ ।

मन्थली नगरपालिकाको मेयरमा कांग्रेसका बिनोद कार्कीले १ हजार ४९२, एमालेका रमेश बस्नेतले १ हजार ३३१ र माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १ हजार ३२८ मत पाएका छन् ।

यसैगरी उपप्रमुख पदमा एमालेकी गंगा अधिकारीले १ हजार ६७२,
कांग्रेसकी माया कार्कीले १ हजार २५१ र माओवादीकी रीतादेवी घिमिरेको १२१ मत छ ।

मन्थली नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ बिजयी भएका छन् ।

वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका तरणी शंकर अधिकारी बिजयी भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा कांग्रेस उम्मेद्वार केशव रोक्का बिजयी भएका छन् ।

मन्थलीका वडानम्बर ४, ५ र ६ को मतगणना जारी छ ।

लिखु गाउँपालिका वडा नम्बर १ दुरागाउँमा अध्यक्षमा एमालेका निङमार तामाङको प्यानलै बिजयी भएको छ । वडा नम्बर २ सैपुमा नेपाली कांग्रेसका पदम तामाङ बिजयी भएका छन् ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार मणीकुमार लामा बिजयी भएका छन् भने अरु सबै सदस्यहरु नेकपा एमालेका विजयी भएका छन् ।

वडा नम्बर २ मा अध्यक्षसहित नेकपा एमालेका उम्मेद्वार शेखर श्रेष्ठको प्यान बिजयी भएको छ ।

उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका नुर्वु शेर्पा बिजयी भएका छन् ।

खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा माओवादी केन्द्रको ३ सय २१ मत छ । कांग्रेसको २ सय १५ र एमालेको १ सय ३९ मत छ ।

यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्र ३ सय २३ र कांग्रेसको २ सय मत छ ।