दोलखामा प्रहरीको गोली लागेर एकको मृत्यु


वैशाख ३१,काठमाडौं–विहानै देखि तनावग्रस्त रहेको दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मतदान केन्द्रमा कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट नकुल भूजेलको मृत्यु भएको छ ।