स्थानीय तहको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आहृवान

बैशाख ३०, काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले मतदाताका नाममा एक सन्देश जारी गर्दै भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गर्नु भएको छ  ।
राष्ट्रपतिले  सन्देश मर्फत भन्नु भएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’ उहाले अगाडी थप्नु भएको छ, ‘लामो समय पछि हुन गईरहेको यो स्थानिय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिक मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।’