भय र त्रासविना मत खसाल्न प्रधानमन्त्री प्रचण्डको अपिल

बैशाख ३०, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि  भय र त्रासविना  आफूले मनपराएका उम्मेदवारलाई मत खसाल्न अपिल गर्नु भएको छ।

प्रदेश नम्बर ३, ४ र ६ मा वैसाख ३१ गते हुन गएको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको वताउनु भएकोछ ।
प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोले आफ्नो तर्फबाट सवै उपाय अपनाएको र सरकारले आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराखेको पनि उल्लेख गर्नु भएको छ।
स्थानीय चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको उल्लेख गर्नु भएको छ । उहाँले समावेशिताको दृष्किोणले चुनाव ऐतिहासिक रहेको र लगगभग ४० प्रतिशत महिला निर्वाचित भएर आउने अपिलमा उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि खटिएका कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भएको छ।  प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।