सरकारले जेठ १५ मै बजेट ल्याउने

 

जेठ ८ ,काठमाडौं – सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो ।

बजेट जेठ १५ मैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बैक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को कार्यान्वयन सुरु भएको सन्दर्भमा कारोबारले सञ्चालकबाटै बाफिया कार्यान्वयनलाई लेखेको छ । डलर तस्करीमा चिनियाँ सक्रियलाई उल्लेख गरेको कारोबारले कर्णालीमा चुनावभन्दा यार्चा टिप्ने हतारोलाई पनि लेखेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडानका लागि एकथान ठूलो जहाज भाडामा लिन ‘ग्लोबल टेन्डर’ आह्वान गरेको सन्दर्भमा नागरिक दैनिकले ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डरलाई मुख्य समाचार बनाएको छ । व्यापार रणनीतिकै वस्तुको निर्यात घट्योलाई पनि नागरिकले लेखेको छ । स्टक एक्सचेन्ज थप्ने योजना अलपत्रलाई पनि नागरिकले लेखेको छ ।

क्लिंकर आयात घट्यो कि बढ्योलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । नेपालमा पेट्रोल पम्प खोल्दै आइओसीलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै बजेटको मुखमा अर्थ मन्त्रालय सुनसानलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

अपार्टमेण्ट दर्ता सून्यमालाई आर्थिक अभियान दैनिकले मुख्य समाचार बनाएको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर सञ्जाल विस्तार सन्दर्भमा पश्चिम खण्डको सम्झौता हुन बाँकीलाई अभियानले लेखेको छ । ३ अर्ब लगानी गर्दै विश्व बैंङ्कलाई पनि अभियानले लेखेको छ ।