आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा प्रमुख दलले हस्ताक्षर गरे

बैशाख २७,काठमाडौं – निर्वाचन आयोगले  निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा प्रमुख राजनीतिक दलहरुका शिर्ष नेताहरुलाई हस्ताक्षर गराएको छ ।
आयोगले बुधबार प्रमुख दलका शीर्ष नेताहरुलाई वोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको हो ।
कार्यक्रममा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवास नेम्वाङ, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजय गच्छदार लगायतका नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखा घटनाबारे आयोग र दलहरुको ध्यानाकर्षण गराएका छन । नेम्वाङले दोलखाका स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको बताए ।
यसैगरि नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा बसेकै पार्टी माओवादीले आतंक मच्चाउने काम गरेको आरोप लगाए ।
निर्वाचन आयोगमा भएको छलफलमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सबै पार्टीका उम्मेदवारहरुले आचारसंहिताको पालना गरे मात्रै निर्वाचन गर्न सहज हुने बताएका छन ।