वैशाख २१, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उहाले राजीनामा फिर्ता लिनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा उहाहरुले निधिलाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको उहाका प्रेस संयोजक रामजी दहालले जानकारी दिनुभयो । उहाले आजैबाट मन्त्रालयमा काम सम्हाल्नुभएको छ । गृहमन्त्री निधिले यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो ।
गृहमन्त्रीको राजीनामा फिर्ता
