वैशाख २०, काठमाडौँ । आन्दोलनका कार्यक्रम स्थगित गरेर निर्वाचनमा सहभागी भएको सङ्घीय समाजवादी फोरम नेपालले दोस्रो चरणको निर्वाचन अघि नै संबिधान संशोधन गर्न माग गरेको छ । फोरम नेपालले आज पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको जानकारी गराउनुभयो ।
सबै जातजातिलाई समानता र सामाजिक न्याय नभएसम्म पार्टीले उठाएका मुद्दा नछोड्ने भन्दै अध्यक्ष यादवले मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहने बताउनुभयो । मोर्चाको बैठक समेत नबसी केही दलले सरकारलाई गरेको समर्थनप्रति पनि नेता यादवले आपत्ति जनाउनुभयो ।
अध्यक्ष यादवले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले लोकतन्त्र र न्यायिक स्वतन्त्रतामाथि आक्रमण गरेको दाबी गर्नुभयो ।
दोस्रो चरणको निर्वाचन अघि संबिधान संशोधन गर्न माग
