बैशाख २५ गते देखि तिन प्रदेशका विद्यालय बन्द

वैशाख २०, काठमाठौँ । सरकारले पहिलो चरणको निर्वाचनका लागि एक सातालाई विद्यालयलाई विदा दिने निर्णय गरेको छ । सम्बन्धित प्रदेशका सबै विदालय एक सातासम्म बन्द गर्ने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा विद्यालय बन्द गरिने भएको हो ।
त्यसअघि निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि  निर्वाचन आउन एक साता अघि देखि विद्यालय विदा दिन सरकारलाई निर्देशन दिएको थियो । आयोगले निर्वाचन हुने दिन बैशाख ३१ गते सार्वजानिक विदा दिन पनि आग्रह गरेको छ ।