स्थानीय तहका कार्यकारी अधिकृतलाई कार्यलय नछोड्न मन्त्रालयको निर्देशन

वैशाख १५, काठमाडौँ । स्थानीय तहका केहि कार्यकारी अधिकृतहरु बिदामा बसेको र खटाएको ठाउँमा अझै नपुगेको गुनासो बढेपछि सरकारले उनीहरुमाथि कडाई गर्न थालेको छ । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुको ध्यानाकर्षण गराउँदै मन्त्रालयको स्वीकृतीविना कार्यालय नछोड्न भनेको हो ।
मन्त्रालयले तत्काल कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कारबाही गर्ने समेत जनाएको छ । विदामा बसेका, हटाएको स्थानीय तहको कार्यालयमा हाजिर नभएका र अनुपस्थित कार्यकारी अधिकृतहरुलाई तत्काल हाजीर भएर मन्त्रालयलाई जानकारी गराउन भनिएको सचिव दिनेश थपलियाले जानकारी दिनुभयो ।
कसैले अटेर गरी कार्यालय हाजीर नभए निजामती सेवा ऐनअनुसार कारबाही हुने उहाले बताउनुभयो । मन्त्रालयले वडा सचिवहरुलाई पनि स्वीकृतविना विदामा नबस्न निर्देशन दिएको छ।