म्यानपावर व्यवसायी राजदुत नियुक्त

वैशाख १५, काठमाडौँ । म्यानपावर व्यवसायी शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदुत नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भण्डारीले आज संविधानको धारा २८२ को उपधारा १ बमोजिम भन्दै पराजुलीलाई नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले उहाको नाम अनुमोदन गरेकोमा राष्ट्रपतिले आज अनुमोदन गर्नुभयो । सरकारले पराजुलीलाई राजदुतमा सिफारिस गरेपछि चर्को आलोचना भएपनि संसदीय सुनुवाई विशेष समितिले समेत सजिलै उहाको नाम अनुमोदन गरेको थियो ।
यस्तै राष्ट्रपतिले आजै श्रीलंकाका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।