राप्रपाको घोषणापत्र सार्वजानिक

वैशाख १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रप्राले स्थानीय तहको निर्वाचनका लागि आफनो घोषणपत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष कमल थापा, पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर जबरा र नेता विश्वबन्धु थापाले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष थापाले संविधानसँग सहकार्य गरेर हिन्दूराष्ट्र र राजसंस्था फर्काउन  पहल गर्ने बताउनु भयो । राप्रप्राले आफनो घोषणा पत्रमा पनि राजसंस्था र हिन्दूराष्ट्रलाई महत्वको साथ ठाँउ दिएको छ । राजसंस्थाको बिषयमा जनमत संग्रह गर्नुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रमा हिन्दूराष्ट्र पुनःस्थापनाका निमित्त प्रतिबद्ध रहने , धर्म परिवर्तनमा रोक लगाउने कानुन बनाउने, प्रत्येक स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्न लगाउनेदेखि ,गाई पाल्नेलाई विशेष प्रोत्साहन दिनेसम्मका प्रतिबद्धता जनाइएको छ ।
त्यस्तैे  मठमन्दिर, मस्जिद, गुम्बा लगायत धार्मिक आस्थाका स्थल निर्माणमा सहयोग गर्ने , गौहत्या पूर्णरुपमा निषेध गर्ने ,प्रत्येक घरमा बिजुली र पानी, नगरमा सिटी बस ,१० वर्ष्भित्र प्रत्येक नगरपालिकामा स्मार्ट सिटी ,  प्रत्येक वडामा ५ वर्ष्भित्र मोटरबाटो , निशुल्क माध्यमिक शिक्षा ,सबै तहमा २५ शय्याको अस्पताल , प्रत्येक स्थानीय तहमा स्वास्थ्य उपचार कोष स्थापनगर्ने लगायत प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ ।