वैशाख १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि रातको समयमा सडक पखाल्ने काम थालेको छ ।
गत सोमबारदेखि महानगरपालिकाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ।
धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ ।
रातको समयमा पखालिँदै काठमाडौँका सडक
