बजेट भाषण पछि पनि निर्वाचन गर्न सकिने आयोगको भनाइप्रति एमालेको आपत्ति

वैशाख १२, भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिताले बजेट भाषण प्रभाव नपार्ने आयोगको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । यस बिषयमा एमालेले आयोगको ध्यानाकर्षण गराउदै लिखित असहमती दर्ता गर्नेपनि निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटि बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले यसबारेमा निर्वाचन आयोगमा पुगेर लिखित असहमति दर्ता गर्ने निर्णय हो ।
बैठकपछि एमालेसचिव योगेश भट्टराईले बजेटपछि निर्वाचन गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको जानकारी दिनुभयो । जेठ १५ गते बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको जिकिर गर्दै उहाले सरकारको यो षडयन्त्रमा निर्वाचन आयोगले साथ दिएको आरोप लगाउनुभयो ।
एक महिनाको अन्तरमा दुई चरणमा निर्वाचन गराउन खोज्ने र त्यसैको चर्चा गरेर बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षड्यन्त्रमूलक रहेको एमालेको ठम्याइ रहेको सचिव भट्टराईले बताउनुभयो ।