एमालेद्धारा संसद अवरुद्ध

वैशाख १२, काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको आजको बैठक अवरुद्ध गरेको छ । सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनलाई खण्डित गर्ने गरी स्थानीय तहको संख्या बढाउन खोजेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।
बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताउनुभयो । उहाले भन्नुभयो ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’
उहाले बोलेलगतै एमाले सांसदहरु उठेर विरोध गरे । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।