कांग्रेसले ग¥यो उम्मेद्वार सिफारिस समिति संशोधन

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार सिफारिस समितिका सदस्य हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी बैठकले समितिमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई नराख्ने भएको हो । सिफारिस समिति संशोधन गर्दै पुरानै सर्कुलर अनुसार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको कांग्रेस नेताहरुले बताएका छन् ।
यसअघि कांग्रेसको उम्मेदवार सिफारिस समिति जम्बो आकारको थियो । समिति ठूलो हुँदा बिभिन्न मतहरु आउने हुँदा उम्मेदवार सिफारिस गर्न गाह्रो भएकाले पार्टी नेताहरुको माग अनुसार संशोधन गरिएको बैठकपछि महामन्त्री शशाँक कोइरालाले जानकारी दिनुभयो । नयाँ समितिमा क्षेत्रीय सभापति, क्षेत्रीय सभापतिको निकटतम प्रतिद्वन्द्वी जिल्ला सभापति, जिल्ला सभापतिको निर्वाचनका निकटतम प्रतिद्वन्द्वी, जिल्ला कार्यसमितिका सबै सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, सांसदहरु र सांसदका उम्मेदवारहरु समेत थिए ।