वैशाख ११ काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । डिआइजी सिलवाललाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको भन्दै उहाका तर्फबाट अभिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उहाले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ । यसअघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई बालुवाटारस्थित निवासबाट प्रहरी प्रधान कार्यालय नक्साल लगिएको थियो ।
सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
