कृषि सूचनाका लागि मोबाइल र सिम उपलब्ध

वैशाख ११ । जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि कृषि सुचना प्रदान गर्न चितवनका किसानलाई मोबाइल फोनको सेट र सिमकार्ड वितरण गरिएको छ । जलवायु परिवर्तनबाट पर्ने असर र त्यसबाट कृषिबाली तथा पशुपंक्षीलाई जोगाउने उपायबारे सुचना दिन मोबाइल फोन सेट र नेपाल टेलिकमको सिमकार्ड वितरण गरिएको हो । नेपाल टेलिकमसँग सहकार्य गरी मौषम अनुसार कृषिबाली तथा पशुपंक्षीको हेरचाहका लागि एसएमएसमार्फत जानकारी गराइने जिल्ला कृषि विकास कार्यलयका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।