घोडेटारमा पहिलो पटक बस सेवा

बैशाख ६ । भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालन भएको छ । ४५ किलोमिटरको यो सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको हो । बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । यो सडकमा दैनिक एउटा बस सञ्चालन गरिने संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । केही महिना अगाडि सञ्चालनमा ल्याउने भनिएको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको थियो ।