निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउः प्रधानमन्त्री

बैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नु भएको छ । आफ्नै निवास बालुवाटारमा प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्रीले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सुरक्षा प्रबन्धका बारेमा छलफल गर्नु भएको हो । उहाँले सबै सुरक्षा निकायका प्रमुखहरुलाई प्रभावकारी सुरक्षा प्रबन्ध गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाली सेनाका प्रधान सेनापति रबीन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको हो । सुरक्षा अङ्गका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा चुनाव सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र चुनाव सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।