काठमाडौं चौबिसै घण्टा स्वास्थ्यका लागि खतरा!

वैशाख ४ ,काठमाडौं – असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ। यो खबर आजको नागरिकमा खिलक बुढाथोकीले लेखेका छन्।

तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ ।
औषतभन्दा प्रदूषण मात्र बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ ।
पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपर्यो । राष्ट्रिय मापदण्डभन्दा दोब्बर प्रदुषणको मात्रा त उपत्यकाको हावामा २४सै घन्टा रह्यो।