एम्बुलेन्सको विकृति रोक्न नयाँ नियम (निर्देशिकाका मुख्य बुँदासहित) ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स मात्र सिमा जोडिएका देशमा जान सक्ने

 

काठामाडौं– स्वास्थ्य मन्त्रालयले बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग रोक्न नयाँ निर्देशिका तयार पारेको छ । सरकारबाट भन्सार छुट लिएका एम्बुलेन्सहरु मापदण्ड विपरित र विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुन थालेपछि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको हो ।

एम्बुलेन्स सञ्चालनमा भएका विकृति रोक्दै यसको नियमनका लागि ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ बनाएको हो । मन्त्रालयले तयार पारेको उक्त निर्देशिका थप राय सुझाबका लागि गृह र अर्थ मन्त्रालयमा पठाएको छ । दुबै मन्त्रालयबाट आएको रायपछि मन्त्रालयले त्यसलाई अन्तिम रुप दिने छ ।

स्वास्थ्य मन्त्री गगन थापाले आपतकालिन अवस्थामा रहेका बिरामी तथा घाइतेको सेवाका लागि चलाइने एम्बुलेन्समा मनोमानी शुल्क उठाउने, रात्रीकालिन समयमा सेवा नदिने, ग्रामिण भेगमा जान नमान्ने, एम्बुलेन्समा हुनुपर्ने पूर्वाधार नहुने जस्ता समस्या देखिएपछि कडाई गर्न नयाँ निर्देशिका बनाइएको बताए ।

नयाँ निर्देशिका अनुसार अब देशभरका एम्बुलेन्सहरुको एउटै सन्जाल हुनेछ । एम्बुलेन्सको ट्रयाकिङ समेत हुनेछ । एम्बुलेन्सहरु टाढैबाट चिननका लागि निश्चित रंग र एउटै साइरन राख्नुपर्ने हुन्छ ।

एम्बुलेन्सका लागि प्रयोग हुने सवारी साधन एक हजार सिसि क्षमता भन्दा माथिका र फोरह्विल सुविधा भएको हुनुपर्ने छ । एम्बुलेन्स सञ्चालनका लागि अनिवार्य रुपमा स्विकृती लिनु पर्ने र एम्बुलेन्सलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन भागमा वर्गिकरण गरिने छ । तीन वटा वर्गिकरणमा रहेका एम्बुलेन्सभित्र तोकिएका उपकरणहरु अनिवार्य रुपमा राखिएको हुनुपर्ने छ ।

‘क’ र ‘ख’ वर्गका एम्बुलेन्सलाई सिमा जोडिएका देशहरुमा समेत पठाउन सकिने छ । नयाँ निर्देशिका अनुसार एम्बुलेन्सको निश्चित भाडा दर तोकिने छ । भाडा लिइसकेपछि बिरामीका आफन्तलाई अनिवार्य रुपमा बिल बुझाउनु पर्ने हुन्छ ।

यस्तो निर्देशिकाको मुख्य बुँदा

१.   एम्बुलेन्सको अगाडी पछाडी टाढैबाट देखिने गरी ठूला ठूला अक्षरमा एम्बुलेन्स

(Ambulance) लेखिने छ ।

२.   एम्बुलेन्समा साईरन, इमर्जेन्सी बत्ती, स्टेचरका साथै वर्ग अनुसार आवश्यक औजारहरु

राखिनेछ ।

३.   विरामीको उपचार गर्न ओसारपसार गर्ने बाहेक एम्वुलेन्स अन्य कार्यमा प्रयोग गरिने छैन ।

४.   नेपाल सरकारको सवारी प्रदूषण मापदण्ड भित्र रहेर संचालन गर्नेछु ।

५.   एम्बुलेन्स सवारी दर्ता प्रमाण पत्रमा एम्बुलेन्स भनी स्पष्ट उल्लेख गर्नेछु ।

६.   एम्बुलेन्समा टाढैवाट देखिने गरी “नेपाल सरकारबाट राजस्व छुट सुविधा प्राप्त” लेखिने छ ।

७.   एम्बुलेन्सले भाडा दर तोकिए बमोजिम मात्र लिनेछ ।

८.   एम्बुलेन्सले सेवा संचालन निर्देशिकालाई अक्षरश पालना गर्नेछ ।

९.   जिल्ला एम्बुलेन्स संचालक समितिवाट निर्णय भएका प्रावधानहरुलाई स्वीकार गरी एम्वुलेन्स

संचालन गर्नेछ ।

दर्ता खारेज हुने

यस निर्देशिकाको उल्लङ्घन गरेको पाईएमा एम्बुलेन्स सेवा संचालन अनुमति लिईएको सम्बन्धित निकायले स्पष्टिकरण सोध्न र अनुमति खारेज गर्न सक्नेछ्र यसरी अनुमति खारेज गरिएको एम्बुलेन्स, अनुमति खारेज भएको कम्तिमा ६ महिना पछि मात्र नयाँ अनुमतिको तुलनामा ५ गुणा बढी अनुमति शुल्क तिरेर पुन अनुमति लिन सकिनेछ


तालिम प्राप्त २५ वर्ष माथिको चालक हुनुपर्ने

(१) संस्थाले एम्बुलेन्समा देहाय बमोजिमको योग्यता पुगेको चालक राख्नु पर्नेछः

(क) रितपूर्वक सवारी चालक प्रमाणपत्र प्राप्त गरेको ।

(ख) सवारी चालकको रुपमा न्यूनतम पाँच वर्षको अनुभव प्राप्त गरेको ।

(ग) उमेर कम्तिमा २५ वर्ष पुरा भएको ।

(घ) प्राथमिक उपचारको तालिम प्राप्त गरेको ।

(ङ) ट्राफिक चिन्ह र नियमहरुको जानकारी भएको ।

(२) संस्थाले प्रत्येक वर्ष एम्वुलेन्स चालकको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।

(३) एम्बुलेन्स प्रयोगको लग बुक राख्नु पर्नेछ ।

(४) एम्बुलेन्स प्रयोग गर्दा भाडादर र बिरामी पक्षले गर्न हुने र नहुने कुराहरुको जानकारीमुलक सूचना गाडिको भित्रि भागमा देखिने गरी राख्नु पर्नेछ ।

(५) सुरक्षित पहुँच वारे चालक र संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराउनु पर्नेछ ।

(६) चालकले अनुसूची (६) वमोजिमको २ प्रति आचार संहितामा सही गरी एकप्रति एम्वुलेन्स संचालन समिति र एकप्रति संस्थालाई वुझाउनु पर्नेछ ।

 

 एम्बुलेन्स सन्जाल तथा ट्रयाकिंग

(१) एउटै क्षेत्रमा सेवा पुर्याउने गरी एकभन्दा वढी एम्वुलेन्स रहेको अवस्थामा त्यस्ता एम्वुलेन्सलाई मन्त्रालयले क्रमशः एकै एम्बुलेन्स संजालमा सहभागी गरईनेछ |

(२) एम्बुलेन्स सञ्जालको लागि देशभर एकै टेलिफोन नम्बर रहने व्यवस्था गरिनेछ |

(३) मन्त्रालयअन्तर्गत एम्बुलेन्स सञ्जाल संचालनको खातिर क्रमश हरेक जिल्लामा डीस्प्याच सेन्टर हुनेछ्र यसरी डिस्प्याच सेन्टर संचालन गर्नको लागि मन्त्रालयको सहमतिमा आकस्मिक उपचार वा एम्बुलेन्स सेवाको क्षेत्रमा ज्ञान र अनुभव भएका संस्थासंग संचालन समितिले साझेदारी गर्न सक्नेछ |

अस्पताल एम्बुलेन्स

(१) १०० शैया देखि माथिका सबै अस्पतालमा ‘क’ वा ‘ख’ वर्गको कम्तिमा एक एम्बुलेन्स समेत कम्तिमा दुई एम्बुलेन्स हुनुपर्नेछ |

१८.  राष्ट्रिय समन्वय समितिले आवश्यक देखिए बमोजिम हवाई एम्बुलेन्स सम्बन्धी सेवाको

मापदण्ड निर्धारण गर्न, दर्ता शुल्क निर्धारण गर्न र संचालन अनुमति दिन सक्नेछ |

१९.   नेपाल सरकारले “एम्वुलेन्स सेवा सञ्चालन निर्देशिका” जारी गरी सकेपछि सो को प्रतिकूल

हुने गरी वा एम्वुलेन्स सेवाको सञ्चालन अनुगमन गर्दा विरामी ओसारपसार वाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइएमा प्रचलित कानुन अनुरुप कारबाही हुनेछ |

 

एम्बुलेन्सको मापदण्ड तथा वर्गीकरण 

(१) एम्बुलेन्सको वर्गीकरण अनुसूचि (४) मा व्यवस्था भए बमोजिम हुनेछ ।

(२) एम्बुलेन्सको लागि न्यूनतम मापदण्ड देहाय बमोजिम हुनेछः

(क) राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।

(ख) एम्वुलेन्सको पहिचान हुने गरी आवाज (साईरन), निलो रंगको संकेत बत्ति (Siren, Hazard Flickering Light) जडान हुनुपर्नेछ । फोर व्हील ड्राइभ, सस्पेन्सन, को चेन सिष्टम हुनुपर्नेछ ।

(ग) एम्वुलेन्समा ‘Ambulance; शव्द र सम्पर्क फोन नम्वर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्नेछ ।

(घ) एम्वुलेन्सको वर्गीकरण अनुसार ‘क’ ‘ख’ वा ‘ग’ वर्ग लेखिएको हुनुपर्छ र सोही अनुसार तोकिएका सामानहरु अद्यावधिक हुनुपर्नेछ ।

(ङ) एम्वुलेन्स १००० सि.सि. भन्दा बढी क्षमताको हुनु पर्नेछ ।

(च) एम्वुलेन्समा प्रयोग गरिने Emblem (संकेत चिन्ह) र साइरन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति वमोजिम हुनुपर्नेछ । रेडक्रसको लागि रेडक्रस चिन्ह र अन्य संस्थाका लागि तोकिएको चिन्ह प्रयोग गर्नु पर्नेछ ।

(छ) एम्वुलेन्सको चालकको पछाडि पट्टि कुनै पनि सिट राखिएको हुनुहदैन ।

(ज) शर्त र मापदण्ड पूरा नगरी एम्वुलेन्स संचालन गरेको पाईएमा त्यस्तो एम्वुलेन्स जफत गरी विगो बमोजिम जरिवाना गरिनेछ ।

(झ) नेपाल सरकारवाट राजश्व छुट सुविधामा प्राप्त गरेको एम्वुलेन्सले “नेपाल सरकारवाट राजश्व छुट प्राप्त एम्वुलेन्स” भनी प्रष्ट देखिने गरी लेख्नु पर्नेछ ।

(ञ) एम्बुलेन्सको रंग रातो, हरियो र पहेंलो रंगको सम्मिश्रण हुनेछ | ‘क’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा कम्तिमा ५० प्रतिशत भाग रातो रंग हुनेछ | ‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा कम्तिमा ५० प्रतिशत भाग पहेंलो रंग हुनेछ | ‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा कम्तिमा ५० प्रतिशत भाग हरियो हुनेछ | आ.व. २०७३/७४ भित्र संचालन अनुमति लिने/लिएका ‘ग’ बर्गका एम्बुलेन्सको हकमा सेतो रंगको हुन सक्नेछ| यस्ता एम्बुलेन्स आ.व २०७८/७९ सम्म तोकिएको ढाँचामा रंगाउनु पर्नेछ |

एम्वुलेन्स सेवा संचालन गर्ने संस्थाले पालन गर्नु पर्ने कर्तव्यहरुः

१. एम्बुलेन्सको अगाडी पछाडी टाढैबाट देखिने गरी ठूला ठूला अक्षरमा एम्बुलेन्स (Ambulance) लेखिएको हुनुपर्छ

२. एम्बुलेन्समा साईरन, इमर्जेन्सी बत्ती, स्टेचरका साथै वर्ग अनुसार आवश्यक औजारहरु हुनुपर्छ ।

३. एम्बुलेन्सलाई विरामी ओसारपसार बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइनेछैन ।

४. एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्ड भित्र रहेर संचालन गर्नुपर्नेछ ।

५. एम्बुलेन्स सवारी दर्ता प्रमाण पत्रमा एम्बुलेन्स भनी स्पष्ट उल्लेख हुनुपर्नेछ ।

६. एम्बुलेन्समा टाढैवाट देखिने गरी “नेपाल सरकारबाट राजस्व छुट सुविधा प्राप्त” भनेर लेखिएको हुनुपर्नेछ

७. राजस्व छुट सुविधा लिन भाडा दर तोके बमोजिम हुनुपर्छ

८. एम्बुलेन्सले दिने सेवामा १० प्रतिशत असहाय/विपन्न वर्गको लागी निःशुल्क सुविधाको व्यवस्था हुनुपर्छ।

 

एम्वुलेन्सको वर्गीकरण

एम्वुलेन्समा उपलव्ध सेवाको आधारमा एम्वुलेन्सलाई निम्नानुसार “क” “ख” “ग” वर्गको वर्गीकरण गरिएको छ ।

वर्ग Advance Life Support (ALS)

‘क’ वर्गको एम्वुलेन्समा हुनुपर्ने औषधि, उपकरण र जनशक्तिको विवरण

  • ECG
  • Incubation साधन
  • Nebulizer
  • Catherization Set
  • Pulse Ox Meter
  • Suction Machine
  • Cervical Collar
  • Air way
  • Trained Paramedic (Advanced)/ Doctor
  • O2/Mask, Flow Meter
  • Medical doctor trained for emergency medicine or Emergency Medical Technician with at least 18 months of experience
  • Cardiac Monitor + Defibrillator
  • Ventilator
  • Head Immobilization Facility
  • Length/ Wt. based Chest for Pediatrics
  • Radio- Communication System
  • First Aid and Life Saving Drugs
  • IV Injection दिने साधनहरु
  • Fracture Splint
  • Spine Support
  • Patient Restraint Strap

वर्ग Basic Life Support (BLS)

‘ख’ वर्गको एम्वुलेन्समा हुनुपर्ने औषधि, उपकरण र जनशक्तिको विवरण

  • First Aird and Life Saving Drugs
  • Cervical Collar
  • Air way
  • Trained Paramedic -1
  • Suction Machine
  • First Aid का औषधी र सामानहरु
  • Stretcher Cum Bed
  • IV Injection दिन सक्ने व्यवस्था
  • Oxygen Cylinder, Mask, Flow Meter
  • IV Injection दिने साधनहरु
  • Fracture Splint
  • Spine Support
  • Patient Restraint Strap
  • Oxygen Cylinder, Flow Meter र Mask जडित वा जरुरी परेमा राख्न सकिने सवारी साधन
  • Stethoscope, B.P. Apparatus, Torchlight
  • Emergency Medical Techician

वर्ग Common Life Support (CLS)

‘ग’ वर्गको एम्वुलेन्समा हुनुपर्ने औषधि र उपकरणको बिबरणः

  • First Aid का सामानहरु
  • Oxygen Cylinder, Flow Meter र Mask जडित वा जरुरी परेमा राख्न सकिने सवारी साधन
  • IV Injection दिन सक्ने व्यवस्था
  • Stretcher Cum Bed
  • Stethoscope, B.P. Apparatus, Torchlight
  • Driver with basic training in first aid and emergenct medicine

एम्बुलेन्स संचालक संस्थाको उत्तरदायित्व 

(१) आर्थिक ऐनमा उल्लेख भए वमोजिमको शर्तहरु पालना गरी समितिको समन्वयमा एम्वुलेन्स सेवा सञ्चालन गर्नुपर्नेछ

(२) एम्वुलेन्स सेवा सञ्चालन गर्नुपूर्व समितिबाट संचालन अनुमति लिनुपर्नेछ ।

(३) एम्वुलेन्सको भाडा दर राष्ट्रिय समन्वय समितिले तोके अनुसार हुनु पर्नेछ |

(४) संस्थाको नाम, ठेगाना, टेलिफोन नं. र सम्पर्क व्यक्तिको नाम, फोन नं, सेवा शुल्क सम्वन्धी विवरण सम्वन्धित संस्थाको कार्यालय तथा एम्वुलेन्समा समेत सवैले देख्ने ठाँउमा लेखि टाँस्नु पर्नेछ । यो विवरण समिति र मन्त्रालयमा समेत उपलब्ध गरानु पर्नेछ ।

(५) एम्वुलेन्सको प्रयोग विरामीलाई विरामी रहेको ठाँउ वा घटनास्थलबाट अस्पताल वा उपचार स्थलसम्म वा चिकित्सक वा स्वास्थ्य संस्थाले सिफारिश गरे वमोजिम विरामीको बासस्थान सम्म पुर्याउनको लागि मात्र गुर्न पर्नेछ ।

(६) एम्बुलेन्सको व्यापक विमा गर्नु पर्नेछ ।

(७) तोकिएको भाडा प्राप्त गरेपछि सेवाग्राहीलाई बिल दिनु पर्नेछ ।

(८) असहाय, गरीव तथा सडक दुर्घटनामा परेका व्यक्तिलाई एम्वुलेन्स सेवा निशुल्क प्रदान गर्नु संस्थाको दायित्व हुनेछ ।एम्बुलेन्स संचालक संस्थाले कुनै पनि बहानामा एम्बुलेन्स सेवाबाट कसैलाई पनि बन्चित गर्न सक्नेछैन| बेवारिसे र विपन्न बिरामीलाई नि:शुल्क सेवा प्रदान गर्न सन्चालक संस्थाले आवश्यक आर्थिक व्यवस्थापन गरेको हुनुपर्छ |

(९) संस्थाले एम्वुलेन्स सेवा प्रदान गरेर प्राप्त आम्दानीको छुट्टै अभिलेख राख्नु पर्नेछ ।

(१०) संस्थाले एम्वुलेन्सलाई २४सै घण्टा संचालन गर्ने हालतमा राख्नुपर्ने र एम्वुलेन्स चालक पनि २४सै घण्टा उपलव्ध हुने व्यवस्था गर्नु पर्नेछ ।

(११) विरामी लिई विदेश जानुपर्ने ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्सले प्रचलित कानून बमोजिम स्वीकृति लिनुपर्नेछ ।

(१२) एम्बुलेन्स संचालन गर्ने उद्देश्यले संचालित संस्थाले कम्तीमा एउटा र उक्त संस्थाले संचालन गरेको कुल एम्बुलेन्स मध्ये आधा संख्यामा ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स संचालन गर्नुपर्नेछ |

(१३) यस निर्देशिका जारी हुनुअघि देखि एम्बुलेन्स संचालनमा ल्याएका वा आ.व. २०७३/७४ भित्र एम्बुलेन्स सेवा अनुमति लिई संचालनमा ल्याउने संचालक संस्थाको हकमा आ.व. २०७८/७९ भित्र कम्तिमा एक र उक्त संस्थाले संचालन गरेको कुल एम्बुलेन्स मध्ये आधा संख्यामा ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स संचालन गर्नुपर्नेछ |

(१४) संस्थाले एम्वुलेन्स चालकको वीमा, उपचार खर्च र राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचा अनुसार पोशाकको व्यबस्था गर्नु पर्नेछ ।

(१५) अस्पताल बाहेकका संस्थाहरुले केन्द्रीय / क्षेत्रीय/ अञ्चल/ जिल्ला अस्पताल वा स्वास्थ्य चौकीसंग प्रत्यक्षतः आवद्ध एवं सञ्जालीकरण गरी तत् तत् स्वास्थ्य संस्थाहरुको समन्वयमा सेवा सञ्चालन गर्ने प्रभावकारी व्यवस्था मिलाउनुपर्नेछ ।