पुष १९, काठमाडौं—भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।
युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताए।
हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच सर्वसाधारण सहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ ।
दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो ।
गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमान खसेकोसम्म पुष्टि भएको बताए।
उनले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताए। रासस/सिन्ह्वा
हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता
