सबै दलहरु एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउन एमालेको प्रस्ताव

पुस १९, काठमाडौ— प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधान संशोधन विधेयक असंवैधानिक भएको आफ्नो धारणालाई पुनःपुष्टि गरेको भन्दै आफू उत्साहित रहेको बताएको छ । साथै उसले सबै दलहरु एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउने प्रस्तावसमेत गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको सम्मान गर्नेसहित ६ बुँदे निर्णय गरेको छ ।

साथै एमालेले संविधान संशोधन फिर्ता लिएर परिस्थितिलाई सहज बनाउन सरकारलाई आग्रहसमेत गरेको छ । अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा विपक्षी मोर्चामा रहेका ९ दल र संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने एमालेले भनेको छ ।