पुस १, काठमाडौं – आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन्।
पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
साथै देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ। सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो। तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ।