मंसिर १०, काठमाडौं – इजरायलको तेस्रो ठूलो शहर हैफाको जंगलमा लागेको भिषण आगोका कारण दशौं हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ ।
दुई महिनका खडेरीपछि शहरको दक्षिणमा लागेको हावाले आगो नियन्त्रण बाहिर गएको छ । जंगलको आगोका कारण जेरुशलम तथा पश्चिम तटमा खतरा उत्पन्न भएको छ ।
इजरायलका प्रहरी प्रमुखले आगो जानाजानि लगाइएको हुनसक्ने बताए । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यस्तो आगजनीलाई आतंकवाद मानिन सकिन्छ ।
हैफाको उत्तरी जिल्लामा आगोले ठूला ठूला भवनसमेत जलाएको छ ।