काठमाडौं – छिमेकी राष्ट्र चीनको भ्रमणमा रहनुभएका रक्षामन्त्री बालकृष्ण खाँणले आज बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीसँग दसैँ मनाउनुभएको छ । दूतावासका कर्मचारीलाई मन्त्री खाँणले टीका लगाएर शुभकामना दिनुका साथै आपसी भेटघाट गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । एक कार्यक्रमका लागि त्यहाँ रहनुभएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।
रक्षामन्त्री खाँणले दूतावासका कर्मचारीसंग दसैँ मनाए
