असोज १८,प्यूठान – प्यूठानमा चट्याङ्ग लागेर गयराती २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
चट्यान लागेर प्युठानको बादिकोट ७ मुलपानीका २६ बर्षिय बिना जिसी र नारिकोट ७ की ६० बर्षिय धनकला खड्कको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै बादिकोटकी २५ बर्षिय मधु थापा र उनका देवर १४ वर्षिय आकाश थापा सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख रञ्जित सिं राठौरले जानकारी दिए ।
प्यूठानमा चट्याङ लागेर दुईको ज्यान गयो
