लक्ष्मण कार्की । देशको राजधानीको जस्तो शहरमा एक दर्जन बिद्यालयमा बम बिष्फोटले एकाएक युद्ध कालमा भएका घटनाको स्मणरण गराएको छ ।
अहिले सरकारको नेतृत्व गरेको माओवादी पार्टीले युद्धकालमा पनि माग पुरा नहुँदा बम आतंक मच्चाउने, जनजीवन क्रसित बनाउने गरेकै थिए । यस्तै सोही किसिमको घटना माओवादी सरकारमा रहदा पनि उस्तै प्रकारका माग भएका पम्प्लेट घटनास्थलमा भेटिनुले माओवादीले आफ्नै मागलाई सम्बोधन गर्न न सक्नुको मुख्य कारण हो ।
यसको मुख्य दोषि माओवादी नेता नै हुन । राजधानीकै स्कुलमा बस बिद्यालयमा बम बिष्पोट हुनु र घटनास्थलमा भेटिएका पर्चामा लेखिएको मागले फेरी जनयुद्धकै झल्को दिएको छ । बम बिष्पोट गराउनेहरु पुर्व माओवाली लडाकु नै रहेका छन ।
निजी विद्यालयले वार्षिक दुईलाख चालीस हजÞार आम्दानी नहुने र चलअचल सम्पत्ति बीस लाख भन्दा कम हुने अभिभावकका छोरा छोरीलाई निःशुल्क पढाउनु पर्ने, निजी र सरकारी बिद्यायको पाठ्यक्रम एउटै हुनु पर्ने, आर्थिक अभावमा कोहि पनि शिक्षाबाट बिमुख हुनुपर्ने अबस्था हुन नहुने लगायतका माग भनेकै तत्कालीन माओवादीको उठाएका मुद्धा हुन ।
माओवादीले जति लामा माग राखेर जनयुद्ध घोषणा गरे पनि जनयुद्ध समाज परिवर्तनका लागि, समानताका लागि, गरिबी हटाउनका लागि, विकासका मुल फुटाउनका लागि, शोषक सामन्तलाई घुडाँ टेकाउनका लागि, समग्रमा भन्दा सबै सबैका लागि समान अवसरका लागि भनेर नै युद्ध लड़ेका हुन भन्ने कुनै दुई मत नै छैन ।
यो लडाईका दौरानमा लामो समय आफ्नो पार्टी कार्यकर्ता र अन्य सर्वसाधारणले पाउनु सास्ति पाए ति दुख कष्टबाट समाजमा केहि न केहि परिवर्तन त भयो । तर माओवादीहरुले बुर्जुवा शिक्षा खारेज गर्ने र जनवादी शिक्षा लागु गर्ने भनेर युद्द लडेको थियो त्यसलाई परित्याग गरि पुरानै सत्ताको उसले भनेको बुर्जुवा शिक्षा प्रणालीमा फर्कियो ।
त्यतिवेला सबैका लागि शिक्षा लिने समान अवसर हुनुपर्छ भन्दै महंगो शुल्क लिएर अंग्रेजी माध्यममा पढाउने बोडिंङ स्कुल निसानामा परेका थिए । बाहिर जे जस्ता माग भए पनि वास्तवमा चन्दा कै हरहिसाब थियो भन्ने कुरा समयले अहिले पुष्टि गरिदिएको जस्तो देखिएको छ । त्यही चन्दाको भार थेग्न नसकेर गाउँघरका कतिपय बोडिंङ बन्द समेत भएका थिए।
गाउँघरमा घरको आटो पीठो खाएर घरमै बास बसेर सके बिहान बेलुका घरको सानो तिनो काममा सघाएर अंग्रेजी माध्यमबाट पढाउने स्कुल अर्थात बोडिंङ स्कुलमा पढ्ने बिद्यार्थीलाई त्यहाँ पढ्ने अबसरबाट बन्चित गराए ।
हुने, खाने पुग्नेहरुले गाउँ छोडेर शहर पसेर छोरा छोरीलाई पुन बोडिंङ स्कुलमा पढाउन शुरु गरे भने गरिवहरुले बाध्य भएर गाउँकै सरकारी विद्यालयमा पढाउन थाले ।
यस्ता गतिविधी भएको एक दशक पनि बिति सकेको छैन । सबैको मनका ती घटना ताजै रहेका छन । हिजोका दिनमा शिक्षामा समान अबसरको माग राख्ने र आफ्ना माग पुरा नहुदा बम पड्काउनेहरु सरकारमा छन्
हिजो माओवादीले नै यो आवाजÞ उठाएको थियो र आज स्वयं त्यही पार्टी सरकारको नेतृत्वमा छ ।सायद आजको घटनालाई ठिक या बेठिक भनेर छुट्याउन पनि अप्ठ्यारो पर्छ होला । किनकी यहि शिक्षा प्रणालीको बिरोध गर्ने माओवादीहरु पुरानै सत्तालाई स्वीकार गरेर संसदीय भासमा डुबेका छन् ।
शिक्षा क्षेत्रमा भएको बढ्दो व्यापारीकरणको विरोध गरिरहेको माओवादी र त्यसको विधार्थी संगठनका नेताहरुले अहिले के सोचिरहेका होलान् प्रश्न सोध्न मनलाग्छ ।
हिजो बुर्जुवा शिक्षाको विरोध गर्दै बोडिंङ संचालकलाई धम्काउनेहरुले कतिपय ठाउँमा बोडिंङ खोल्नमा नै लगानी गरिरहेका छन । अनि सरकारमा पुगेर आफ्नै माग बिर्सेर पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गर्न हुन्थ्यो या आफ्ना मागलाई पुरा गर्दै शिक्षामा सबैको समान अबसर प्रदान गर्न तर्फ तत्परता देखाउन पथ्र्याे भन्ने हेक्का नराख्दा आफैले आत्मआलोचित हुने कि यसलाई अन्य रुपमा लिने ?
हिजो आफुले उठाएका माग राख्दा ठिक र आज अरु कसैले राख्दा बेठिक कसरी ? कारवाही मात्रै समस्या समाधानको बाटो होईन। असमानता र अभावले नै बिद्रोह हुने हो ।बम पड्काउनेलाई कारवाही गर्न सकिएला तर शिक्षामा समान अवसरका लागि फेरि अर्को बम पट्काउने मान्छे निस्कन सक्छ
स्मरण होस् आज पनि बोडिंङ स्कुलको चर्को शुल्कको मारमा सर्वसाधारण परेकै छन् । हिजो बन्द भएका बोडिंङ स्कूल पुन संचालन भएका छन् ।
साँच्चै जनतालाई शिक्षामा समान अबसर दिने नै हो भने जनयुद्दको नेतृत्व गरेको पार्टीकै नेता सरकार प्रमुख भएको समयमा राजधानीमा जे जसरी श्रृखलाबद्ध बम बिष्पोटका घटनाले आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि शिक्षा क्षेत्रमा बढ्दै गएको लुट र व्यापारीकरण विरुद्द प्रचण्ड नेतृत्वको सरकारले बेलैमा सोच्नु आवश्यक छ ।
साभार् – नेपाल सन्देश