असोज ४, काठमाडौ – बेलायतमा पक्राउ परी अदालतबाट सफाइ पाउनु भएका नेपाली सेनाका महासेनानी कुमार लामा नेपाल फर्किनु भएको छ ।
बेलायती पिआर परित्याग गरी लामा नेपाल फर्किनु भएको हो । लामाले बेलायतको आवासीय अधिकार आईएलआर त्यागेर नेपाल फर्किएको सैनिक स्रोतले जानकारी दिएको छ । यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामाले पिआर त्यागको लागि बेलायतस्थित नेपाली दुतावासमा निवेदन दिनुभएको थियो ।
तीन वर्ष यातनासम्बन्धी मुद्दा खेपेका लामालाई सरकारी अभियोजक पक्षले दोषी देखाउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय गरेपछि लण्डनको फौज्दारी अदालतमा न्यायाधिस स्वीनी नेतृत्वको इजलासले उहाँलाई निर्दोष सावित गरेपछि दुई साता अघि मुद्दा टुङगिएको थियो । लामामाथि युद्धकालमा कपिलवस्तुको सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा मुद्दा चलाइएको थियो ।
नेपाली सेनाका कर्णेल कुमार लामा नेपाल फिर्ता
