असोज ३, काठमाडौं – सिन्धुपाल्चोकलाई केन्द्रविन्दु भएर आइतबार राति ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको हो।
यसअघि १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो।
२०७२ वैशाख १२ गतेको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्पपछि अझै परकम्प जाने क्रम रोकिएको छैन।
अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ६९ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ।