प्रेम वा विवाह असफल भए के गर्ने ?

 

काठमाडौँ – हालसालै २०–२२ वर्ष कि महिलाले आवेशमा आएर ।।।यस्तो जिन्दगीभन्दा मर्नु बेस’ भन्ने सोचेर विष सेवन गरिछन् । परिवारजनले छिट्टै थाहा पाएर अस्पतालमा ल्याए । भर्ना गरेर उपचारपछि बाँचिन् । यस्तो जल्दोबल्दो उमेरमा किन आत्महत्याको प्रयास गरिन् ? के कस्तो समस्या छ ? काउन्सिलिङ गर्नुपर्छ कि ? भनेर मकहाँ रेफर गरेपछि मैले कारणहरुको खोजी गरें ।
ती महिलाको भनाइअनुसार दुई वर्ष लामो प्रेम सम्बन्धपछि र दुवैले एक– अर्कालाई बुझेपछि बुझेपछि ६ महिना पहिले उनीहरुको विवाह भएछ । विवाहको १–२ महिना मै उनीहरुको सम्बन्धमा समस्या देखिन सुरु भएछ । विवाह हुनु पूर्वजस्तो प्रेम, कुराकानी आदि सबै हराएछ । प्रायः विवाद हुने भएछ ।
श्रीमान्ले घरमा समय नदिने, उनको कुरा पटक्कै नसुन्ने, अरु केटीहरुको फोन आएकाबारे सोध्दा केही नबताउने त छँदै थियो, हातै हाल्ने अवस्था आयो । उनले सहन सकिनन् र विष सेवन गरिन् रे । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो प्रेमी वा प्रेमिकाको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहना हुन्छ । युवा युवतीबीचको शारीरिक आकर्षण र यौन आकर्षण वास्तविक प्रेममा गौण मानिन्छन् तर आजकलको गर्लफ्रेन्ड र व्वायफ्रेन्डबीच गहिरो नभएर सतही प्रेम सम्बन्ध हुने रहेछ । आफ्नो प्रेमिका वा प्रेमिलाई दुःख–कष्ट नहोस् भन्ने भन्दा पनि आफूले चाहेजस्तै, भनेजस्तै, सोचे जस्तै भएन भने यातनासम्म दिने र बदला लिने जस्ता समस्या बढी देखिएका होलान् ।
प्रेम, विवाह र विवाहपछि विवाद हुने जोडी धेरै नै हुन्छन् । यस्तै विवादका कारण चिन्तारोग, निन्द्राको समस्या, टाउको दुख्ने र डिप्रेसनसम्मका समस्या हुन्छन् । त्यसमध्ये केही प्रतिशतले आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने कारणले अस्पतालमा उपचार गर्न ल्याइन्छन् । विष कत्तिको कडा हो र सेवन गरेको कति समयपछि अस्पताल ल्याईन्छ, त्यसमै उपचार सफल हुन्छ वा हँुदैन भर पर्छ ।
गत ८–१० वर्षदेखि हतारमा प्रेमसम्बन्ध गाँस्ने फेसन नै भइसकेको छ । २ वर्ष लामो प्रेम सम्बन्धबाट त केटा वा केटीलाई वुझ्न कठिन रहेछ भने छोटो समयको प्रेम सम्बन्धमा झन् के हुन्छ होला ? प्रेमसम्बन्ध थियो, ब्रेक अप भयो भनेर विभिन्न मानसिक स्वास्थ्य समस्या लिएर आउने युवा युवतीको संख्या बढ्दै छ । केटीले धोखा दिए केटालाई अत्यधिक रिस उठने, कलेज जान मन नलाग्ने र केटीसँग वदला लिने भावना बढी देखिन्छ । केटीहरुमा भने निन्द्रा नलाग्ने, टाउको दुख्ने, पढन मन नलाग्ने, रुने र आफैलाई नोक्सान हुने क्रियाकलाप गर्दा रहेछन् । प्रेम सफल नहुने कारणहरुमा वावुआमाको दबाब, अर्कै केटा वा केटीसँग मागी विवाह र विदेश पढन जानेजस्ता कारण हुने रहेछन ।
प्रत्येक व्यक्तिमा राम्रा र नराम्रा बानी हुन्छन् । गुण र दोष हुन्छन् । विवाह हुनुपूर्व राम्रो बानी, राम्रा कुरा, राम्रा गुणमात्र बढी देखिन्छन् भने विवाह भैसकेपछि विगतका कल्पना र सपना टुट्न थाल्छन् र कलहका कारक बन्छन् ।
विवाहपूर्व नै ब्रेकअप हुने कारण त धेरै छन्, केटा तथा केटीको कारण, दुवैको कारण, परिवारको कारण आदि । प्रायः मानिसको बानी दोष जहिले पनि अरुमै देख्ने र आफ्नो पनि दोष हुनसक्छ भन्ने नसोच्ने हुनाले कारण पत्ता लगाउन सजिलो छैन । अहिले फिल्मी दुनियाँमा देखाइने प्रेम कथा र युवायुवतीमा छिट्टै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने चलन भिन्न छैन होला । युवायुवतीको उमेरका कारण, प्राकृतिक नियमअनुसार एकअर्का प्रति हुने आकर्षण र खास गरेर आफ्नो वासना वा राग पूरा गर्ने अभिप्रायले गरिएको प्रेम लामो समयसम्म टिक्ने कुरा पनि भएन ।
प्रेममा असफल वा ब्रेकअपका कारण विभिन्न समस्या लिएर आउने युवा युवतीलाई प्रश्न सोध्ने गर्छु– विवाह हुनुभन्दा पहिले नै ब्रेकअप भएको राम्रो कि विवाह भै सकेपछि ? सबैको एउटै उत्तर हुन्छ– विवाह हुनुअघि नै । विवाह भैसकेपछि, छोराछोरी भैसकेपछि विवाद, झगडा, मनमुटाव भएर सँगै बस्नै नसक्ने स्थिति आउनुअघि नै ब्रेकअप भएकै
ठीक हो । अब कसरी अगाडि बढ्ने भन्ने अवसर भय ो, पहिले भए गरेका क्रियाकलापको अनुभव र त्यसको समीक्षा गर्न पाइयो । विवाह भएपछि सधै मधुमासको अवस्था रहिरहन्छ भन्नु वा पीडा, डर र त्रासको वातावरण रहिरहन्छ भन्ने सोच्नुलाई अति मानिन्छ । सुख र दुःख एउटै सिक्काका दुई पाटा भएकाले तीसँगै छन् र दुवैलाई स्वीकार्नुबाहेक अर्को उपाय छैन ।
सुखलाई त हामी खोजी–खोजी सहजै स्वीकार्छौ, तर दुःख चाहदैनौं । दुःखलाई पनि स्वीकार्ने बानी भएमा जिन्दगी सहज हुन्छ । दुःखलाई नस्वीकारे अर्को उपाय पनि त छैन ।मनोविज्ञानमा काल्पनिक रुपमा गुमाउने डर (हाइपोथेटिकल लस) पुरुष वा महिला दुवैमा हुन्छ । जस्तैः श्रीमान्ले कुनै महिलासँग कुरा गर्दा वा टेलिफोन÷मोबाइलबाट कुरा गर्दा पनि अर्कैसँग प्रेममा फसेर मलाई छोड्छन् कि भन्ने डर हुन्छ । श्रीमान्को मोबाइल चेक गर्ने, थाहा नपाउने गरी चियोचर्चा गर्ने पनि विवाहित महिलाहरु छन् ।
श्रीमान्ले श्रीमती घरमै छन् कि छैनन् भनेर पटक–पटक फोन गर्ने पनि छन् । अत्यधिक शंका गर्ने र नाजायज सम्बन्ध नै छ भनेर हँुदै नभएको कुरा गर्ने श्रीमती वा श्रीमान् छन् भने काउन्सिलिङ र औषधि उपचार नै गर्नुपर्छ ।युवायुवतीहरुले प्रेमसम्बन्ध गाँस्नुपूर्व धेरै कुराको ख्याल गर्नुपर्छ ।
हतार–हतार गाडी छुट्लाजस्तो गरेर प्रेमसम्बन्ध गाँस्नु जरुरी छैन । आफ्ना ईच्छा, चाहना, आवश्यकता, घरको वातावरण आदिबारे एकले अर्कालाई बताउनु पर्छ । आखिर प्रेम गाँस्नु भनेको एकले अर्कालाई राम्रोसँग चिन्ने, बुझ्ने र मन पर्ने भएर भविष्यमा विवाह वन्धन गाँस्नको लागि हो । विवाह भएको १–२ महिनामै मनमुटाव, झगडा, विवाद
र मानसिक तनावमा पर्ने अवस्था आउन नदिन सकभर दुवैजनाले प्रयास गर्नुपर्छ ।
शाक्यमुनि बुद्धको एउटा भनाई छ, ।।।कामवासनाले दुःख निम्त्याउँछ, कामवासनाले त्रास निम्त्याउँछ, तर जो कामवासनाबाट मुक्त रहन्छ, त्यहाँ दुःख पनि रहँदैंन र त्रास पनि ।’ आफ्ना वासनाबाट मुक्त हुन सक्नु त धेरै ठूलो कुरा हो, सन्तहरु वा ज्ञानीहरुले मात्र सक्छन् होला । सामान्यजनमा यो सम्भव छैन । विवाहपूर्व धेरैको सोचाई ‘यौनसम्बन्ध राखेर तृप्ति हुन्छ’ भन्ने छ कि ? वासनाहरुको तृप्ति हुँदैन बरु ती त बढदै जान्छन् ।
मैले कुनै किताबमा पढेको थिएँ–
जीवनका दुई दुर्भाग्य –
१. एउटाले आफूले प्रेम गर्ने जीवनसंगी पाउँदैंन
२. अर्कोले आफूले प्रेम गर्ने जीवनसंगी पाउँछ । भनिन्छ, दोस्रो दुर्भाग्य बढी खराब हुन्छ । शायद कुनै पनि दोष नभएको न श्रीमान् हुन्छ न त श्रीमती
हुन्छ, भन्न खोजेको होला । त्यसो भए प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा पनि कसरी सफल हुने त ?
– धेरै महत्वाकांक्षी नहुनुस् र सबै इच्छा पूरा हुन सक्दैनन् भन्ने तथ्यलाई स्वीकार्नुस् ।
– मैेले भनेकै हुुनुपर्छ भन्ने जिद्धी नगर्नुस् । प्रेमसम्बन्ध सुमधुर राख्न वा विवाह सफल पार्न दुवैको समझदारी चाहिन्छ ।
– आफूभित्र पनि कमजोरी छ कि ? आफ्नो दोष छ कि ? हेर्ने गर्नुस् र आफ्नो दोष सुधार्ने प्रयास गर्नुस् ।
– कुनै दोष नभएको श्रीमान् वा श्रीमती हँुदैन, यस्तै हो, । अगाडि बढौ भन्ने गर्नुहोस् । अन्त्यमा जर्ज गर्जिफको
भनाईलाई राख्न चाहन्छु– ‘मानव लामो समयसम्म एकै रहँदैंन, ऊ निरन्तर परिवर्तन हुन्छ, ऊ आधाघण्टा पनि एकै रहन सक्दैन ।’ ‘अ म्यान इज नेभर दि सेम फर लङ, हि इज कन्टिन्युअल्ली चेन्जिङ, हि सेल्डम रिमेन्स दि सेम इभन फर हाफ एन आवर’ यहाँ म्यान अर्थात् मानव भनेको पुरुष र स्त्री दुवैलाई हो । मानिसको शरीरमा र मनमा प्रत्येक क्षण परिवर्तन आइरहेको हुन्छ । बाहिरबाट हेर्दा उही देखिए पनि शरीर, विचार, भावना आदि सबै क्षण
–क्षणमै परिवर्तन भइराखेको हुन्छन्, जुन उसको बोली र व्यवहारमा देखिन्छ । अप्रत्यासित नौलो व्यवहार देखिने कारण यही हो ।
डा. कपिलदेव उपाध्याय/नयाँ विमर्शबाट